Logout

राष्ट्रिय परिचयपत्रमा विवरण त्रुटि भइ आएमा सच्याउन के गर्ने ?

20.5k Shares

हिजो आज जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेशन भएका इलाका प्रशासन कार्यालयमा युवा युवती सहित ज्येष्ठ नागरिकको पनि भिड देखिन्छ । सरकारले राष्ट्रिय परिचय पत्र लागु भएपछाडी राज्यवाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्दा वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचय पत्र आवश्यक पर्ने निति लिएपछाडी राष्ट्रिय परिचय पत्र वनाउन सवैको चासो वढेको हो ।

कहिले काँही राष्ट्रिय परिचय पत्र विवरण दर्ताका लागी गएका सेवा ग्राहीहरु आफुले आवश्यक कागजात साथमा नलैजादा विवरण दर्ता नगरि फर्किएर अर्को पटक पुन: जानु परेका उदाहरणहरु पनि प्रसस्त रहेकाछन् । राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, वसाइ सरी आएको तर नागरिकतामा स्थाइ ठेगाना उल्लेख नभएको हकमा वसाइसराइको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पति वा वत्निको नाम उल्लेख गरिएको भएमा सोहि प्रमाणपत्र र नाम उल्लेख नगरिएको भए विवाह दर्ता, विवाह प्रमाणित/नाता प्रमाणितको सक्कल प्रति, यदि नागरिकताको प्रमाणपत्रमा जन्म मिति स्पस्ट नखुलेको भएमा जन्म मिति खुल्ने आधिकारीक प्रमाणपत्र जस्तै, जन्म दर्ता, शैक्षिक प्रमाणपत्र,  राहदानी, पेन्सन पट्टा लगायतका विवरण पुष्टि हुने कागजातहरु लैजानु पर्दछ । राष्ट्रिय परिचय पत्रको अनलाइन फारम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेवसाइट https://donidcr.gov.np मा रहेको राष्ट्रिय परिचयपत्र अनलाईन आवेदनमा गई त्यहाँ दिईएको निर्देशन अनुसार भर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्रमा विवरण त्रुटि भइ आएमा सच्याउन के गर्ने ?

राष्ट्रिय परिचय पत्रमा उल्लेखित विवरणमा कुनै त्रुटि भएमा वा कुनै विवरण थपघट गर्नु पर्ने भएमा त्यस्तो विवरण सच्याउन सम्वन्धित व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा रहेका राष्ट्रिय परिचय पत्र दर्ता स्टेशनमा निवेदन दिनुपर्ने हुन्छ । उक्त निवेदन स्थानिय अधिकारीले विभागमा पठाएपछाडी विभागले उक्त निवेदन माथि जाँचवुझ गरि विवरण सच्याउने तथा अध्यावधिक गर्ने गर्दछ । यसरी विवरण सच्याउदा परिचय पत्रको देखिने भागको विवरण नै सच्चिने भएमा पुरानो परिचय पत्र वुझाइ नयाँ परिचय पत्र लिनुपर्दछ । यसरी राष्ट्रिय परिचयपत्रमा उल्लेख गरिएका विवरणहरु अन्य पुष्ट्याइ गर्ने कागजको आधारमा थप, घट, अध्यावधिक गर्न मिल्ने भए ता पनी राष्ट्रिय परिचय पत्र नम्वर भने सच्याउन मिल्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार