Logout

लायन्स क्लवका अध्यक्षहरुको लागि ३ दिने नेतृत्व विकास सम्वन्धी तालिम सुरु ।

12.5k Shares

लायन्स क्लवहरुका लायन वर्ष २०२४÷२०२५ अन्तर्गतका अध्यक्षहरुलाइ लक्षित गरि ३ दिने नेतृत्व विकास सम्वन्धी प्रशिक्षण डिष्ट्रिक्ट लायन्स लिडरसिप इन्सटिट्यूट आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

डिस्ट्रिक ३२५ आइका श्रद्वेय गभर्नर बिनोद ढुँगानाको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तराष्ट्रियका निर्देशक बालकृष्ण वुर्लाकोटीले गर्नुभएको थियो । उद्घाटन सत्रमा विशेष अतिथि एल.सि.आइ.एफ एरिया लिडर राजन लम्साल, अतिथिहरु मल्टिपल डिस्ट्रक ३२५ कोअर्डिनेटर द्वय मन बहादुर रोका, डि.के ढुँगाना, आइ.पि.डि.जि चन्द्र कुमार के.सी, ३२५ आइका फस्ट भि.डि.जि तथा कार्यक्रमका चिफ पार्वती खरेल पाण्डे, ३२५ आरका फस्ट भि.डि.जि नवराज सापकोटा, सेकेन्ड भि.डि.तथा कार्यक्रमका काे चिफ सुर्य कुमार के.सी, पुर्व डिस्ट्रिक्ट गभर्नर राम वहादुर वसेल, पुर्व गभर्नर दिनेश प्रसाद श्रेष्ठ, इन्दु लम्साल, डिष्ट्रिक्ट फस्ट लेडी बद्रीका ढुंगाना, डिस्ट्रक क्याविनेट ट्रेजरर पवित्रराज तिवारी, चिफ एड्भाइजर शैलेन्द्र मोहन भट्टराई, पि.आर.ओ इन चिफ बिष्णु प्रसाद भण्डारी, को चिफ एड्भाइजर ऋषि गिरि, डिस्ट्रिक एक्ज्युकेटिभ विनय अग्रवाल, सन्दिप क्षेत्री पराजुली, डिस्ट्रक कोअर्डिनेटर मणि प्रसाद डुम्रे, लगायतको सहभागीता रहेको थियो ।

डिष्ट्रिक्ट ३२५ आइ अन्तरगतका अध्यक्षहरुलाइ लक्षित गरि संचालन गरिएको यस कार्यक्रम डिस्ट्रकको सिग्नेचर कार्यक्रम पनि हो । सिमित सिटमा संचालन गरिएको यस कार्यक्रममा ८६ वटा क्लब अध्यक्षहरूकाे उपस्थिति रहेकाे छ । गोर्खा गार्डेन होटल गोरखामा ३ दिन सम्म चल्ने उक्त कार्यक्रमको उद्घाटन सत्रको संचालन डिस्ट्रिक सेक्रेटरी अमृत प्रसाद तिवारीले गर्नुभएको थियो । कार्यक्रममा नेतृत्व विकास अन्तरगत समुह निर्माण, संचार सम्वन्धी शिप, पव्लिक स्पिकिङ लगायतका विषयमा केन्द्रित रहेर प्रशिक्षण गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार