डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन वर्ष २०२४-२५ का गभर्नरको नारा “Humanity First” अर्थात् “मानवता हाम्रो प्राथमिकता” अन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम नेतृत्व विकास मा Public Speaking, Team Building Session आदर सत्कार सम्बन्धि कार्यक्रम र वरिष्ट मोटिभेसनल स्पिकर नर बहादुर कार्कीले रूपान्तरित नेतृत्व विकास विषयमा सहजिकरण गर्नुभएको छ ।
यसैगरि ‘जीवन शिक्षा अभियान’ शिर्षकमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी , गभर्नरको नारा ‘Humanity First’ का विषयमा डिस्ट्रक्ट गभर्नर बिनोद ढुँगानाले सहजिकरण गर्नुभएको छ ।
डिष्ट्रिक्ट ३२५ आइ अन्तरगतका अध्यक्षहरुलाइ लक्षित गरि संचालन गरिएको यस कार्यक्रम डिस्ट्रकको सिग्नेचर कार्यक्रम पनि हो । सिमित सिटमा संचालन गरिएको यस कार्यक्रममा ८६ वटा क्लब अध्यक्षहरूको उपस्थिति रहेको छ । गोर्खा गार्डेन होटल गोरखामा ३ दिन सम्म चल्ने यस कार्यक्रम भोलि समापन हुनेछ ।