Logout

दिपक अर्यालको पहिलो तिज गीत "भंगेरी चरीले" सार्वजनिक

"भंगेरी चरीले" सार्वजनिक भएको छाेटो समयमा नै चार लाख भन्दा वढि भ्युज बटुल्न सफल भएको छ ।

8k Shares

हरितालिका तिज २०८१ को अवसरमा दिपक अर्यालको पहिलो तिज गीत "भंगेरी चरीले" सार्वजनिक भएको छ। प्रसिद्ध गायक पशुपति शर्मा र गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको यस गीतका शब्द दिपक अर्यालले लेखेका हुन्। तारानाथ आचार्यको संगीत संयोजनमा रहेको यस गीतको निर्देशन होम गुरुङले गरेका छन्। ‘दिपक अर्याल अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा राम्जि खाँड र अस्मिता रनपालको जीवन्त अभिनय र नृत्य रहेको छ।

वैदेशिक रोजगारीका क्रममा जापानमा रहेका अर्यालले यसअगाडिका गीतहरूमा श्रोताको अथाह माया पाएको र यस गीत पनि हरितालिका तिजको अवसरमा छमछमि नाच्न मिल्ने खालको भएको भन्दै दर्शक र श्रोताको मन जित्नेमा आफू आशावादी रहेको बताएका छन्। उनले भने, ‘सबै दर्शक-श्रोताले "वाहा!" भन्ने गीत लेख्न नसके पनि, "छ्या, कस्तो लाजमर्दो गीत!" भनेको भेटिनँ। यसले पनि धेरै आनन्द मिल्दो रहेछ। पक्कै पनि यस अघिका मेरा सिर्जनाहरू जसरी नै "भंगेरी चरीले" मा पनि सबैको माया पाउने छु भन्ने विश्वास छ।’

अर्यालका यसअघि "आउन आमा आउ", "एउटा वाचा गर्छु", "तिम्रै तस्बिर प्यारो लाग्छ सानु", "आत्महत्या गर्छु भन्दानी" लगायतका लोकगीतहरू सार्वजनिक भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार