
नेपालमा लायन्स क्लबको इतिहास
नेपालमा लायन्स क्लबले सन १९७१ मा प्रवेश गर्यो । विराटनगर लायन्स क्लबका संस्थापक अध्यक्ष स्व. मातृका प्रसाद कोईराला ( पूर्व प्रधानमन्त्री ) नेपालमा स्थापित पहिलो लायन्स क्लबको अध्यक्ष हुनुभयो । लायन्स क्लबको पहिलो नेपाली डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल काउन्सिल चेयरपर्सन बन्ने अवसर स्व. डा. अन्जनी कुमार शर्माज्यूलाई (१९७६—१९७७—३२२ बी ) प्राप्त भयो । लायन वर्ष १९८१—१९८२ मा नेपालका लायन्सहरुको Provisional District को गठन भई त्यसको डिष्ट्रिक्ट गभर्नर बन्ने अवसर स्व. सत्य नारायण राठीज्यू लाई प्राप्त भयो । पछि लायन वर्ष १९८७—०८८ मा लायन ठाकूर हिरा सिंज्यू Full Fledged ( नेपाली लायन्स क्लबहरु मात्रको पूर्ण डिष्ट्रिक्ट ) डिष्ट्रिक्ट गभर्नर बन्नु भएपछि नेपालको लायन्स क्लबले एउटा छुट्टै अस्तित्व प्राप्त गर्यो । संगठन विस्तार हुने क्रममा लायन वर्ष १९९७—१९९८ मा नेपालमा २ वटा डिष्ट्रिक्ट (३२५ ए र ३२५ बी ) को गठन भयो । त्यसैगरी लायन वर्ष २०१२–०१३ देखी नेपालका लायन्स क्लबहरुलाई ४ वटा डिष्ट्रिक्ट (३२५ ए १, ३२५ ए २, ३२५ वी १ र ३२५ वी २) मा Bifurcate गरियो । संगठन बिस्तारको क्रम संगै पुन लायन बर्ष २०२२–०२३ बाट लागू हुने गरी नेपालमा १५ वटा डिष्ट्रिक्ट भएका छन् ।
प्रगति पथमा अगाडी बढेको नेपालको लायन्स क्लबले २६–३० जून २०१५ मा अमेरिकाको हवाईमा सम्पन्न भएको लायन्स क्लब्स इन्टरनेशनलको ९८ औं अन्तराष्ट्रिय सम्मेलन बाट लायन संजय खेतानज्यू लाई पहिलो नेपाली अन्तरास्ट्रिय निर्देशक (२०१५–०१७ ) का रुपमा प्राप्त (निर्वाचित) गर्यो । पुनस दोश्रो अन्तरास्ट्रिय निर्देशकका रुपमा २०२३ मा अमेरिकाको बोस्टन कन्भेन्सनबाट लायन बालकृष्ण बुर्लाकोटीज्यू निर्वाचित हुनुभएको छ ।
नेपाली लायन्सहरुले ५–८, डिसेम्बर २०१३ मा ४१ औं ISAAME Area फोरम को सफलतम आयोजना गरे । Micro Funding Project अन्तर्गत चौधरी ग्रुप संगको सहकार्यमा Nepal Social Business नामक मोडेल Project अगाडी बढेको थियो । नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा नेपाली लायन्सहरुले राहतमा पु¥याएको सहयोग अत्यन्त सर्हानिय रह्यो । पुनर्निर्माणका लागि लायन्स अन्तराष्ट्रियबाट करीब ४३ करोड ने. रु. प्राप्त भइ १८ वटा भूकम्पबाट प्रभावित विद्यालयहरु निर्माण गरि समुदायलाई हस्तान्तरण गरिएको छ । विद्यालयहरु निर्माण कार्यले नेपाली लायन्स हरुलाई समुदायमा अत्यन्त आदरका साथ हेरिनुका साथै लायन्सको राम्रो Social Branding भएको छ । यसैगरी २०८० मा जाजरकोटमा गएको भूकम्पमा समेत नेपाली लायन्सहरुले राहत लगायत विद्यालयहरु निर्माण -५६ वटा कोठा_ कार्यमा जुटिरहेका छन् । UN को World Food Program र लायन्स क्लबको सहकार्यमा कर्णालीका विभिन्न जिल्लामा Mid Day Food कार्यक्रम संचालन हुने क्रम मा छ . त्रिभुवन विश्व विद्यालयको प्रांगणमा निर्माण “ TU Lions Blood transfusion and research Center” को हालसालै संचालन अनुमती प्राप्त भएको छ, अब Blood Bank को संचालनले झन लायन्स क्लबको छवी उच्च बनाउने छ ।
नेपालमा लायन्स क्लबको वर्तमान अवस्था
शिक्षा, स्वास्थ्य, पर्यावरण र विपत व्यवस्थापनमा लायन्स क्लवले उल्लेख्य योगदान दिदै आएको छ । विशेषतः अन्धोपन निवारण का निमित्त लायन्स क्लव को अभियान SIGHTFIRST Program उल्लेख्य कार्यक्रम हो । सन् १९९४ देखि नेपालमा SIGHTFIRST का कार्यक्रमहरु निरन्तर रूपमा हुँदै आइरहेको थियो । केहि वर्ष अघि देखि LCIF ले नेपालमा Cataract Surgery का Grant भने रोकेको छ । अन्धोपन निवारणमा पु¥याएको योगदानको अलावा ११ वर्ष अगाडी लायन्स क्लवको सहयोग “दादुरा रुवेला खोप अभियानमा” रह्यो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको सहकार्यमा यस अभियानमा लायन्स क्लवको २४ लाख यु.एस.डलर सहयोग रहेको छ । यस अभियानमा करिब १ करोडभन्दा बढी वालवालिकालाई “दादुरा र रूवेला” को सफलतापूर्वक खोप लगाइएको छ । त्यस पछि पनि लायन्स अन्तराष्ट्रियले GAVI / UNICEF मार्फत नेपाल सरकारलाई दादुरा रुवेला खोप अभियानका लागी उल्लेख्य सहयोग गरेको छ । COVID 19 का बेलामा नेपाली लायन्सले सरकार सग गरेको सहकार्य र जनता लाई पुर्याएको सेवा कार्यले गर्दा लायन्स नेपाली समाजमा झन मर्यादित भएको छ ।
1st July 2022 देखी लागु हुने गरी नेपालमा १५ वटा डिस्ट्रिक्ट रहेका छन् । हाल नेपालमा करिब ४४,००० लायन्स सदस्य र २१०० लायन्स क्लबहरु रहेका छन् । संगठानिक अवस्था लाई अझ चुस्त र दुरुस्त बनाउन Redistricting ले ठुलो टेवा दिएको छ । पक्कै पनि यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने थप अवसर एवं सम्भावना र नेतृत्व का लागि थप अवसर सृजना गरेको छ । करिब ४४ हजार सदस्य र २१०० भन्दा बढी क्लब नेपालको लायनावादको सबल पक्ष हो । १५ वटा डिस्ट्रिक्ट मार्फत प्रदान गरिने सेवा, Grant र नेतृत्व अवसरले नेपाली लायनवाद निकै नै सकारात्मक बनाउने छ ।
“गाउँको विकास विना देशको विकास हुन सक्दैन” भन्ने भनाइलाई हामी सवैले आत्मसाथ गर्नै पर्छ । पछिल्ला समयमा लायन्स क्लवको संगठन विस्तार विशेष रुपमा भएको पाइन्छ । दुर्गम जिल्लामा लायन्स क्लवको विस्तार हुनु राम्रो र सवल कार्य हो । त्यस्ता ठाउँमा खुलेका लायन्स क्लवले शहरका लायन्स क्लवले भन्दा वढी सेवाका अवसर पक्कै प्राप्त गर्दछन जुन जरुरी पनि हो ।
लायन्स क्लवको विस्तार संगै विगतमा भन्दा नयाँ पुस्ता लायन्स क्लवमा आवद्व भएको पाइन्छ । नयाँ पुस्ताको आवद्वता संगै नयाँ नयाँ सोच र कार्यक्रम आउनु पनि स्वभाविक कुरा हो । लायन्स क्लवमा एक्ला एक्लै कार्यक्रम गर्नुको सट्टा संयुक्त कार्यक्रम गर्ने परम्पराको विकास भएको छ । उदाहरणका लागि संयुक्त रक्तदान, पदस्थापन, आँखा शिविर, मधुमेह सचेतना कार्यक्रम, लायन्स पार्क आदी । यस्ता कार्यक्रमले समाजमा एउटा सन्देश वाँड्न सक्ने, कार्यक्रमले ठोस योगदान पु¥याउन सक्ने एवं समय र श्रोतको वचत एवं व्यवस्थापन पनि भएको पाइएको छ ।
सांगठानीक अवस्था र सदस्यहरुको संस्थागत अबद्ताका हिसावले नेपालको लायन्स क्लव गौरव गर्न लायक छ जस्तो लाग्दछ । प्राप्त अवसरलाई सम्पादन गर्ने तरिका, उपस्थिति, परियोजना, हामीले जुटाएका सहयोग, सांगठानिक अवस्था साँच्चिकैं गर्व गर्न लायक कै छ ।
लायन राजन लम्साल लायन्स अन्तराष्ट्रियको एल.सि.आई.एफ एरिया लिडर हुनुहुन्छ।