लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल क्लस्टर २, रिजन ४ अन्तर्गत जोन चेयरपर्सन विपिन सुवेदी मातहतका क्लवहरुको पदस्थापन तथा चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा तालबारही, लायन्स क्लब अफ पोखरा पिपल चौतारी, र यस क्लबद्वारा स्पोन्सर गरिएको नयाँ क्लब लायन्स क्लब अफ पोखरा ह्वाइटहाउस, लायन्स क्लब अफ पोखरा गुडविल र यस क्लबद्वारा स्पोन्सर गरिएको नयाँ उदीयमान क्लब लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीको पदस्थापन कार्यक्रम तथा चार्टर्ड हस्तान्तरण कार्यक्रम भव्यरूपमा सम्पन्न भएको हो ।
कार्यक्रममा लायन बर्ष २०२३/०२४ का अध्यक्षहरु क्रमस लायन्स क्लब अफ पोखरा तालबाराहीका अध्यक्ष लायन लोक बहादुर सुनार , लायन्स क्लब अफ पोखरा गूडविलका अध्यक्ष लायन विपिन सुवेदी , लायन्स क्लब अफ पोखरा पिपल चौतारीका अध्यक्ष लायन वसन्त कार्की लाइ आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा बधाई एवं धन्यवाद ज्ञापन गरिएको थियो । त्यस्तै लायन बर्ष २०२४/०२५ का अध्यक्षहरु क्रमस लायन्स क्लब अफ पोखरा तालबाराहिका अध्यक्ष लायन प्रकाश गिरी, लायन्स क्लब अफ पोखरा गूडविलका अध्यक्ष लायन डोलराज अर्याल, लायन्स क्लब अफ पोखरा पिपल चौरातीका अध्यक्ष बालकृष्ण न्यौपाने, लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीका अध्यक्ष लायन ईश्वर के सि र लायन्स क्लब अफ पोखरा ह्वाइटहाउसका अध्यक्ष लायन शर्मिला रानाभाट लगायत उहाँहरुको टिमलाइ बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
पदस्थापन तथा चार्टर्ड हस्तान्तरण कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल क्लस्टर २, रिजन ४ अन्तर्गत जोन ७ का जोन चियरपर्सन विपिन सुवेदीको अध्यक्षता सम्पन्न भएको थियो ।