लायन्स क्लब अफ पोखरा गुडविलले फरक क्षमता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका निवर्तमान अध्यक्ष विपिन सुवेदीको जन्मदिनको अवसरमा अपाङ्ग सेवा समाज नेपालको कार्यालय, नयाँ बजारमा सम्पन्न उक्त कार्यक्रममा १० थान डिजिटल काँटा, १० थान सेतो छडी, र २ थान ह्वीलचेयर वितरण गरिएको थियो।
लायन्स क्लब अफ पोखरा गुडविलका अध्यक्ष डोलराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर बिनोद ढुङ्गाना, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारी, डिस्ट्रिक्ट ट्रेजरर पवित्र राज तिवारी, डिस्ट्रिक्ट को चिफ अमृता शोभा खत्री, रिजन चेयरपर्सन जीवन प्रकाश श्रेष्ठ, जोन चेयरपर्सन विपिन सुवेदी तथा लायन्स क्लब अफ पोखरा गुडविलका पूर्व अध्यक्षहरू र सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर विनोद ढुङ्गाना, अपाङ्ग सेवा समाज नेपालका अध्यक्ष बुद्धिराज पन्त र क्लबका अध्यक्ष डोलराज अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। लायन्स क्लब अफ पोखरा गुडविलका सचिव नरेश अर्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा जोन चेयरपर्सन विपिन सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।