औसतमा अच्छा खासा कमाइ हुने दुबइको पेट्रोल प्रशोधन कम्पनिमा ६ साल काम गरि नेपाल फर्किएको २५ बर्सको मध्यम बर्गिय गोकर्ण प्रसाद सुबेदि उर्फ गोकर्णेलाइ घर परिवार अनि आफन्त नातागोताका चिन्नेजान्ने हरुले आएको पहिलो साता त 'कहिले आइस है गोकर्ने' भन्ने प्रश्नको उत्तर दिन मै बिताए। बुढा बा आमा त्यसमाथि अझै दमको रोगि , घरको एक्लो सन्तान ३ महिना छुट्टिमा आएको गोकर्णेलाइ बिहे गरेर मात्र फर्कन सबैले दबाब दिन्छन। बा आमाले पनि "आफुहरु कुन बेला के हुने हो, केहि थाह छैन। घर सम्हाल्न अनि बिरामी हुँदा तातोपानी तताएर दिने समेत कोहि नहुने हुदा, बाबु जसरि पनि बिहे चाहि गरेर मात्र जा है" भनेर बिलौना गरेको र सबै तिरबाट दबाब पनि आएको अनि आफ्नो उमेर पनि बिबाह गर्ने बेला भै सकेको हुदा गोकर्ने पनि राजि हुदै कन्यार्थको लागि आफन्त नातागोता, चिनेजानेकाहरु देखि साथि भाइहरुका परिवार सबै तिर सहयोग मागि खोजि कार्य तिब्र पारिन्छ। कहि आफुलाइ चित्त नबुझ्ने, कहि उनिहरु लाइ आफु चित्त नबुझ्ने, कहि दुबै तिरकालाइ चित्त बुझे पनि सगोत्रि परिने जस्ता यावत कारण भनेको जस्तो कन्या भेटिन नसकेको उसले साढे २ महिना बिताइ सकेको हुन्छ। बल्ल बल्ल फुपुले एक कन्याको कुरा ल्याउछिन र हेर्न जादा दुबै पट्टिका राजि भै बिबाह हुन्छ। बिहेको १० दिन भित्रै गोकर्णेको फिर्ति टिकेट भै सकेको हुदा परदेशिन बाध्य हुन्छ। दुइ दशक समेत पुरा नपुगेकि युबति, सिल स्वभाब अनि चालचलन असाध्यै असल उनको श्रीमती कल्पना वास्तब मै गाउ भरि कि नमुना बुहारि थिइन। देख्ने भेट्ने आफन्त नातागोता छरछिमेकि लगायत सबै सङ्ग राम्रो बोलि ब्यबहार गर्ने, आदर सम्मान गर्ने अनि कुनै लप्पन छप्पन नगर्ने हुदा उनलाइ पति परदेशिए तापनि औला उठाउने साहस कसैले गर्न सकेनन।
फोनमा समय मिलाएर दिनहु घण्टौ कुराकानि हुन्थ्यो उनिहरु बिच। कल्पना पनि सासु ससुरालाइ आफ्नै बा आमा झै मान्थिन। अनि सासु ससुराले पनि उनलाइ असाध्यै माया गर्दथे। त्यसै गरि अरु ३ साल बित्यो। गोकर्ने केहि पैसा बचत गरि स्वदेश फिर्ता भयो भिसा क्यान्सिल नै गरेर। जतिबेला उसको उमेर २८ नाघि सकेको थियो। ग्रामिण परिवेश न हो, उमेर पुगिसकेको दम्पतिलाइ सबैले दिने निशुल्क सुझाव, चासो, चिन्ता "बच्चा जन्माउने कहिले हो ?" भन्दै करकर गर्न थालि हाल्थे। दिन बित्यो महिना बित्यो साल बित्यो तर अहँ कल्पना गर्भवति नै भइनन। उनिहरुले धामि झाक्रि, डाक्टर बैध्य, गर्न बाकि केहि राखेनन, बोको परेवा, हास्, कूखुरा, मन्साउने, जगाउने, देखि अनेक अनेक आयुर्बेदिक्, एलोपेथिक्, डाक्टर्, ज्योतिस्, जैसि, दान्, धर्म , कर्म, तिर्थ , बर्त, भाकल्, पुकार कुनै ले पनि काम नगरे पछि उसललाइ इसाइ धर्म मान्यो भने चाहि परमेश्वर को आसिसले सन्तान पक्का हुन्छ भन्ने कुरा गाउ कै एक पास्टरले बताएको हुदा आफ्नो सनातनि धर्म समेत छोडि पानिमा डुबुल्कि मारि बत्तिस्मा समेत लिए तर अह बच्चा हुदै भएन। शहर गै दुबै दम्पतिले चेकजाच गर्दा कुनै न कुनै उपाय निस्कन्छ भनेर घर परिवारले सल्लाह गरि उनिहरुलाइ राजधानि पठाए। त्यहाँ चेकजाच गर्दा ल्याब रिपोर्टमा कल्पनाको डिम्बासयमा समस्या भएको हुँदा सन्तान हुने सम्भावना नरहेको कुरा रिपोर्टमा देखियो।
डाक्टरको भनाइ सुनि बिछिप्त भै भक्कानिदै उनिहरु फर्किए। त्यो कुरा बा आमा लाइ भने। तर सो कुरा एक कान दुइ कान हुदै गाउलेहरुले थाह पाए । उमेरले ३० नाघि सक्यो र पनि बच्चै नबसे पछि छिमेकि अनि आफन्तहरुले यसरि कुरा काट्न थाले कि, मानौ बच्चा नहुदा उनिहरु दम्पतिलाइ भन्दा बढि चिन्ता ति कुरा काट्ने कुरौटे हरुलाइ पो छ जसरि । खेत, खलियान्, चोक , चौतारो, पानि पधेरो, अर्म पर्म मेलापात जाँदा होस या जुम्रा हेरिदिदा उनिहरुकै बिषयमा चर्चा परिचर्चा हुन थाल्यो। महिलाहरु जमघट भयो कि उनिहरु कै कुरा काट्न थालि हाल्थे। कसैले 'बिचरि' भन्थे भने कसैले पुर्वक जन्ममा पाप गरे पछि यस्तै हुन्छ। भगवानले नै नदिए पछि कसरि हुन्छ र भन्दै झन चिढ्याउथे।

बिस्तारै सासु ससुराले कल्पनालाइ गर्ने ब्यबहार परिवर्तन हुन थाल्यो। अत्यन्तै सामान्य भन्दा सामान्य गल्तिमा पनि तिललाइ पहाड झै बनाएर गिजोलिन थालियो। 'बाझि' उपनामले कुरा काटेको कल्पनाले कयौ पटक आफ्नै कानले सुनिन्। सामान्य भन्दा सामान्य कुरामा पनि झर्कि फर्कि अनि गालि गलौजको निरन्तरता यसरि बढ्दै गयो कि उनिहरुको छोरोको बर्वादिको लागि नै कल्पनाको जन्म भएको हो। यो बाझिले गर्दा हाम्रो वशं अगाडि बढ्न सकेनन। ब्रोइलर कूखुरा जस्तो, हसुर्न चाहि टन्नै खाने तर अण्डा नपार्ने जस्ता छुद्र अपशब्द उनले यति सुन्नु पर्यो कि कुनै दिन सासु ससुराले बचन नलगाएको दिन 'आज त अचम्मै पो भएछ' भनेर उनि चकित पर्थिन । त्यो सब सुनेर उनि कसैलाइ जवाफ फर्काउदैन थिइन् । मात्र आफ्नो स्वास्थ्यको कारण आफ्नो प्राण भन्दा प्यारो गोकर्णे टाढा नभैदियोस् भन्ने उनको एकमात्र ध्यान हुन्थ्यो।
उमेरले ३३ कटिसक्दा पनि कल्पनाबाट बच्चा हुने कुनै सुरसार नभए पछि फुपु र दिदिहरुले अर्को बिहे गर्न केटि हेर्दै गरेको फोनमा कुरा गरेको उनले सुन्थिन। उनि आग्लो लगाएर कोठामा एक्लै धेरै रुन्थिन। आफ्नै कारण यो सब भएको, कस्तो दिन जन्मेछु, आफ्नो पनि त शरिरका सबै अङ्गहरु अरु महिला हरुका झै सद्दे छन र पनि अरुले चाहि बच्चा जन्माउन सक्ने तर आफु नसक्ने हुदा आफुले आफैलाइ कस्तो अभागि रहेछु भन्दै रुदै बिलौना गर्दै दिन गुजारिरहेको थिईन।
कहिलेकाहि भर्खरै ब्याएको बाख्राको सानो पाठोले च्वाम - च्वाम माउको दुध पिएको देख्दा उनले आफुलाइ सम्झन्छिन। परालको कुन्यौ निर छिमेकिको कुकुरले ७ ओटा बच्चा जन्माउदा उनले आफुलाइ सम्झन्छिन। छिमेकिको सानि बच्चि खेल्दै आगनमा उफ्रिएको देख्दा उनले आफुलाइ सम्झन्छिन अनि झन भक्कानिदै भित्र भित्र मन रुवाउदै जसो तसो दिन गुजारिरहेकि छिन। उनले एक्ली हुदा सोच्छिन्, हुन पनि हो, बा आमाका एकमात्र सन्तान गोकर्ण, उनको पनि सन्तान भएन भने त यो वंश नै साच्चि कै सकिन्छ त। यो सब मेरो आफ्नै कारण त भएको हो भन्दै आफुले आफैलाइ अपराधि घोसित गरि आत्महत्याको कोसिस पनि गर्छिन्, तर सबै प्रयासहरु असफल हुन्छन। दिन भरि काममा ब्यस्त हुने उनिहरु रात परेपछि एकले अर्कालाइ हेरि धेरै रुन्छन। कल्पनाले पति सङ्ग आफ्नो कारण हजुरको वंश नास् हुने भो भन्दै माफि माग्दै रुन्छिन ।
एकदिन हिम्मत बटुलेर कल्पनाले एक अर्जेण्ट कुरा भन्नु छ हजुरलाइ आज भनेर समय मागि राति पतिलाइ "हेर्नुस बुढो, घर परिवार, आफन्त, अनि साथिभाइहरुले भन्नु भएको कुरा सहि हो। हाम्रो उमेर पनि बिस्तारै ढल्दै छ। हाम्रो कुनै बच्चा भएन भने त यो घरको के हुन्छ हालत्, मेरो एक रत्ति पनि चिन्ता नगरि हजुरले अर्को बिहे गर्नुस। बरु हामि मिलेर कुनै दिन पनि कलह नगरि सङ्गै बसौला, केहि फरक पर्दैन, मेरो टेन्सन केहि गर्नु पर्दैन। बिहे गरि वशं परम्परा अगाडि बढाउनै पर्छ हामिले। अझै कतिन्जेल अपुत्रा, अपुत्रिको दाग लिएर हिड्नु हुन्छ ? आखिर समस्या त म मा न हो। यसमा हजुरको कुनै दोस छैन। त्यहि भनेर मेरो सुझाव मान्नुस। अर्को बिहे गर्नुस। बरु केटि खोज्न म पनि सहयोग गरिदिन्छु ब्यबहारिक्, कानुनि जे जति अड्चनहरु आइपर्छन त्यो सबैको गाठो फुकाउन म सहयोग गर्छु तर तपाइले मेरो प्रस्ताबलाइ स्विकार्नुहोस्" भनेर सम्झाउछिन।
यो सुनि गोकर्णे आखा भरि आशु पारि "के बोलेको तिमि ले यस्तो, हेर कल्पना, हाम्रो सन्तान नहुदा तिमिलाइ सारा गाउले, आफन्त, नातागोता अनि घर भित्रैकाहरुले दिएको छुद्र बचनको बारेमा जानकार छु म। मैले धेरै पटक बा आमाको त्यस्तो बचन सुनेको छु आफ्नै कानले। तर घर परिवार भित्र सम्बन्ध नधम्लियोस भन्नाको लागि आफुले सहेरै बसेको हु। हेर सन्तान त हामिले कुनै अनाथलयबाट बच्चा लिएर वा कुनै पनि दुख पाइएका परिवारबाट उद्दार गरि ल्याएर धर्म सन्तान बनाएर पनि त पाउन सक्छौ। तर मैले तिमिलाइ त पाउन सक्दिन नि। तिमि त मेरो जीवन हौ। तिमिलाइ गर्ने माया अरुलाइ आधा भाग लगाएर कुनै हालतमा दिन सक्दिन । तिमिले यो सब आफ्नै कारणले मात्र भएको भनेर नसोच्नु। हाम्रो नसिबमा जे लेखेको थियो त्यहि नै पाएका हौ। आइन्दा यस्ता फाल्तु कुरा गर्ने मात्र होइन, सोच्ने समेत पनि गर्यौ भने म रिसाउछु। मेरो वाचा भयो तिमिलाइ, घर परिवार आफन्त, नातागोता, साथिभाइ हरुले आइन्दा कुनै किसिमको मानसिक चोट दिने छैनन। अहिले कुनै पनि कुरा मनमा नखेलाइ सुत। मलाइ भोलि शहर जानु पर्ने एक अर्जेण्ट काम परेकोले कपडाहरु तयारि गरिदिनु है" भनेर सम्झाउदै दुबै जना सुत्छन। कोल्टे परेर कल्पनाले थाह नपाउने गरि गोकर्णेले आफ्नो आशु पुस्छ।
भोलि पल्ट एकाबिहानै गोकर्ण काठमाण्डौ पुगि पहिला कै डाक्टरकोमा पुगेर आफ्नो श्रीमतीले बालबच्चा नभएको कारण उनले समाज तथा घर परिवारबाट खेपिरहको पिडा, उनि अहिले लगभग डिप्रेशनको हालतमा पुग्नै लागेको र बारम्बार आफुलाइ दोसि किटान गरि आत्महत्याको समेत प्रयास गरेको कुरा, सार्है अभागि रहेछौ हामि दम्पति डाक्टर साब् भन्दै हात जोडि रुदै दुख बिसाउछ । र डाक्टरलाइ उनलाइ थप मानसिक टर्चर अहोस भन्नाको लागि 'गर्भ नरहनुमा श्रीमतीको कारण नभै आफ्नो कारणले त्यस्तो भएको हो' भन्ने खालको रिपोर्ट बनाइदिन अनुरोध गर्दै बिन्ति गर्दछ।
गोकर्णेको सबै कुरा ध्यान पुर्वक सुनेपछि आफ्नो ३३ बर्से डाक्टरि पेसाको कार्यकालमा यो पहिलो अनौठो प्रस्ताब थियो, जसले डाक्टरको मनमा टक्क छोयो। डाक्टरले आखा चिम्म पारे अनि एकछिन सम्म सोचेर मनोवाद गर्दछन कि, उसको कुरा सहि भएता पनि मैले आफ्नो पेसागत धर्मले त्यस्तो गर्नु अपराध ठहरिन्छ ।
तर फेरि अर्को मन ले भन्छ कि, कसैलाइ कुनै कुरा अत्यन्तै सामान्य लागिरहेको हुन्छ भने त्यहि कुराले कसैलाइ भित्र भित्रै पिडा दिईरहेको हुन्छ। यो मान्छे पुरुष भएर त यत्ति चिन्तित अनि दुखि छ भने सबै तिरबाट 'बाझि' को उपमाको दुर्बचन सहदै जीवन काट्दै गरेको यिनकि श्रीमतीको हालत के होला? एक मान्छेले आफ्नो पत्निलाइ दुखि नदेख्न यस्तो सम्म गर्न तयारि हुन्छ भने मेरो एक लाइन राइटिङ्ले कुनै दुखि नारिले जीवन पाउदछिन भने म त्यो अपराधि कहलिन राजि हुनै पर्दछ । पेसा भन्दा अगाडि त मेरो पनि परिचय 'मानब' हो नि भन्ने निर्क्यौल निकालि बुढाबुढिले समेत बुझ्ने स्पस्ट भासामा उनले भनेको जस्तै गरि रिपोर्ट लेखिदिए, अनि पछाडि फर्किएर आफ्नो चस्मा भित्र छचल्किरहेको आशु रुमालले पुछे। अनि भने "म बिभिन्न जिल्लाहरुमा पुगि यहि पेसा बिगत ३३ बर्स देखि अपनाउदै आएको छु। तर मैले मैले तपाइ पहिलो श्रिमान भेटे, जो आफ्नो श्रीमतीलाइ यत्ति धेरै माया गर्ने। तसर्थ म भन्छु भाइ, तपाइ जस्तो असल श्रीमान पाउने तपाइको श्रीमती अभागि होइन सन्सार कै सबैभन्दा सौभाग्यशालि नारि हुन। बुहारिलाइ मेरो धेरै सम्झना अनि आशिर्वाद सुनाइदिनुस है भनि बिदा गर्छन।' रिपोर्ट लिई ढोका निर पुगिसकेको गोकर्णे फर्किएर डाक्टरको गोडा समातेर धुरु धुरु रुन्छ। "डाक्टर साब् कुनै पनि जुनिमा हजुरको यो गुन तिर्न सक्दिन म, यत्ति भए पछि मेरि श्रीमतीले जीवन पाउछु पक्कै।" त्यो सुनि डाक्टर पनि भक्कानिन्छिन अनि उसलाइ सम्हाल्न लगाउदै बिदा गर्छन। बाहिर काउण्टरमा बस्ने रिसेप्सनिस्ट लाइ एकछिन चेक जाच गर्न मानिस हरु भित्र नपठाइदिनुस है भनेर डाक्टरले आफु लाइ सम्हाल्छन् । उता गोकर्णे आशु पुछ्दै बिदा भै त्यस रात आफन्तकोमा बास बसि भोलि पल्ट सबेरैको गाडिमा गाउ फर्कन्छ ।
गाउ पुगि 'आफ्नै कारणले चाहि बच्चा हुन नसकेको' कुरा रिपोर्टमा आएकोले आइन्दा अर्को बिहे गर्ने कुरा नगर्न/नगराउन बा आमालाइ सम्झाउछ। यो जन्ममा मेरो नसिबमा सन्तान लेखेको रहेनछ। अब तपाइहरुले कुनै चिन्ता नलिनुस। हामि जे छ, त्यहि बर्तमानमा रमाएर जिवन काटौला भनि परिवारलाइ सम्झाउछ। कल्पना पिढिमा बसेर यो सब सुनिरहेकि हुन्छिन। उनको दुख देख्न नसकेर पतिले यत्ति सम्म त्याग र उपाय लगाएको देख्दा मन गर्हौ बनाउदै भक्कानिन्छिन। कल्पनाको मन, मुटुमा आखामा गोकर्ण जत्तिको असल्, बुझकि अनि जाति पुरुष सयद यो सन्सामा कोहि पनि छैन होला भन्दै पति प्रतिको प्रेम अनि सम्मान झन धेरै बढेर जान्छ । आफन्त, चेलिबेटि, साथि भाइ अनि सासु ससुराले पनि समस्या बुहारिको त होइन रहेछ, आफ्नै छोरोको पो त कमजोरिले गर्दा त्यस्तो भएको रहेछ भनेर बुहारिलाइ क्रमिक रुपमा पहिला पहिला झै माया गर्न थाल्दछन। अहिले त्यो जोडिको प्रेम वास्तब मै गाउ भरि मै उदाहरणिय देखिन्छ। गोकर्णे पनि अहिले बा,आमा अनि कल्पना सङ्ग हासिखुशि जीवन बिताइरहेको छन भने उनिहरुको परिवारका सबैजना धर्म सन्तानको रुपमा एक नबजात बालिका ग्रहण गर्न अहिले उनिहरु एक अनाथलय, सरकारि निकाय अनि सरोकारवाला हरु सङ्ग कानुनि प्रक्रियाको पाटोमा परामर्श गरिरहेका छन।