Logout

सितला सामुदायीक विद्यालयमा लायन्सद्वारा नवनिर्मित चमेना गृह हस्तान्तरण

6.1k Shares

पोखरा–१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा लायन्स क्लबको सहयोगमा नवनिर्मित चमेना गृह हस्तान्तरण गरिएको छ । लायन्स अन्तर्राष्ट्रियका द्वितीय उपाध्यक्ष मार्क लियोनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा चमेना गृहको हस्तान्तरण गरिएको हो। हस्तान्तरण समारोहमा वेल्दै प्रमुख अतिथि मार्क लियोनले लायन्सले समुदायमा दीर्घकालीन प्रभाव पार्ने थुप्रै कामहरु गरेको उल्लेख गर्दै, बिधालयमा अध्ययनरत बिधार्थीले चमेनागृहमा सँगै बसेर खाजा/खाना खाँदा एक आपसमा भाईचाराको अभिवृद्धि हुने र यसले समुदायमा राम्रो सन्देश प्रवाह गर्ने समेत वताउनुभयो । उहाँले भन्नुभयो  ‘मलाई आज ख़ुशी लागेको छ, यो महत्वपूर्ण कार्यक्रममा सहभागिता हुने अवसर पाए, म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । समुदायमा प्रभाव पार्ने खालको काम गर्नु भएको छ, यस्तै परियोजना पूरा गर्नका लागि लायन्स अन्तर्राष्ट्रियको गुठी स्थापना भएको हो ।’

पोखरामा रहेका तिनवटा क्लबहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारी, पोखरा आदर्श चौतारी र पोखरा समर्पितको स्थानीय व्यवस्थापनमा चमेना गृह भवन निमार्ण भएको हो । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै लायन्स अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संसारको ठुलो मानविय संस्था लायन्स क्लबले लायन्स अन्तर्राष्ट्रियको सहयोगमा फाईभ स्टार स्तरको संरचनामा चमेंना गृह निर्माण भएको वताउनुभयो । बुर्लाकोटीले भन्नुभयो, ‘यसलाई लायन्सले ब्रान्डिङ गर्न सक्नुपर्छ, जस्को प्रभावबाट अन्य प्रोजेक्ट नेपाल भित्राउन सहज हुनेछ ।’ नेपालमा दुई अर्व भन्दा बढ़ी रूपैयाँका प्रोजेक्ट भित्रिईसकेको जानकारी गराउदै निर्देशक बुर्लाकोटीले गतबर्ष मात्र ३५ करोड़ बढ़ी परियोजना सम्पन्न भएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख एवं पूर्व डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले नेपालमा लायनवाद भित्रिएको ५४ बर्षको इतिहास रहेको जानकारी गराउँदै लायन्सले समुदाय केन्द्रित शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षणलगाएतका काम क्लबमार्फत गर्दै आएको वताउनुभयो ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गर्भनर ग्रान्ट एडमिनिट्रेटर रामबहादुर बसेलले चमेना गृह भवन निमार्णका लागि लायन्स अन्तर्राष्ट्रियबाट एक करोड़ ३२ लाख र कुल रक़मको २५% म्याचिङ फण्डका लागि तीनवटा क्लब साथै बिधालयबाट करिव ३३ लाख संकलन सहित १ करोड़ ६५ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षतामा सम्पन्न चमेना गृह भवन हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर मिलन थापा, एमका गभर्नर चण्डी अर्याल, जी का डिष्ट्रिक्ट गभर्नर कमल कायस्थ, आई का प्रथम भाईस गभर्नर पार्वती खरेल पाण्डे, एल प्रथम भाईस गभर्नर एकनारायण शर्मा पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोलालगाएत लायन्सका सिनियर लिडरहरूको उपस्थिती रहेको थियो ।

विद्यालयको तर्फवाट बोल्दै बिधालय व्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्की, बिधालयका प्रधानाध्यापक बाबुराम अधिकारी लगायतले लायन्सको सहयोगमा निर्माण गरिएको सुविधासम्पन्न चमेना गृहको सहि सदुपयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

डिष्ट्रिक्ट ३२५ आइ नेपालका क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले संचालन गरेको उक्त्त कार्यक्रममा बिधालय व्यवस्थापन समितिको तर्फबाट चमेना गृह बनाउन सहयोग गर्ने क्लबका अध्यक्षहरू लायन्स क्लब अफ पोखरा पिपल चौतारीका बालकृष्ण न्यौपाने, पोखरा आदर्श चौतारीका सूर्य पोखरेल र पोखरा समर्पितका अध्यक्ष बिजया थापालाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार