भरतपुर, ७ मंसिर
भरतपुर महानगरपालिका वडा नं. ७, मध्यविन्दु टोल निवासी ५० वर्षीया महाकाली दहालको खोजी कार्यमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ। यही मंसिर २ गतेदेखि सम्पर्कविहीन भएकी दहालको अहिलेसम्म कुनै पत्तो लागेको छैन।
आइतबार दिउँसो करिब २ बजे साइकलमा घरबाट निस्किएकी महाकाली दहाल त्यसपछि सम्पर्कमा नरहेको उहाँका श्रीमान् कृष्णप्रसाद दहालले जानकारी दिनुभएको छ।
परिवारका सदस्य सूर्यराज बरालका अनुसार महाकाली दहालको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय, चितवनमा निवेदनसमेत दिइएको छ। उहाँ सम्पर्कविहीन भएदेखि विक्षिप्त बनेको परिवारले खोजी कार्यमा सहयोग गरिदिन आम जनसमुदाय तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ।
महाकाली दहाललाई कुनै पनि अवस्थामा देख्नु वा भेट्नु हुने जोकोहीले नजिकको प्रहरी कार्यालयमा वा फोन नम्बर 9856033852/9805843290 मा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।