Logout

नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

3.7k Shares

चितवन,  । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।

 

मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए पनि अझै फेला परेका छैनन् ।


मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएको बेला उनीहरू बेपत्ता भएका हुन् ।


प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माका अनुसार पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको खबर अबेर मात्रै पाएको र रात परेकाले खोजी कार्य कठिन भएको भए पनि बिहानै देखी खोजी जारी राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार