Logout

कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’

3k Shares

पोखरा, । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन्।

 

पक्राउ परेकाहरु कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् । 

 

बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको रिहाई हुनुपर्ने थापाको जिकिर छ । 

 

यसरी पक्राउ परेकाहरुको रिहाईको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरुलाई भेट गर्दै थापाले यस्तो धारणा ब्यक्त गरेका छन् ।

 

उनले थपे  ‘अनसन बसेका राष्ट्रवादी साथीहरूप्रति एक्यवद्धता जनाउन आज हामी पोखरा आईपुगेका छौ  ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार