Logout

लायन्स क्लब अफ पोखरा गुडवीलद्वारा विपन्न परिवारलाई जिर्णोद्धार गरिएको घर हस्तान्तरण

9.9k Shares
पोखरा, श्रावण १२
“Humanity First, Service to Humanity” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै लायन्स क्लब अफ पोखरा गुडवीलले पोखरा–३२, बडरेस्थित एक विपन्न परिवारलाई जिर्णोद्धार गरिएको घर हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित यस कार्यक्रमले सेवा भावनामा आधारित विकासकाे सशक्त सन्देश प्रवाह गरेको छ।
1000218322.jpg
 
क्लबका अध्यक्ष लायन राजेन्द्र शर्माको नेतृत्वमा, संयोजक लायन लोकराज शर्मा, सहसंयोजक लायन सुजन थापा तथा सम्पूर्ण गुडवील परिवारको उल्लेखनीय सक्रियतामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियाे।
 
कार्यक्रमका प्रमुख अतिथि, लायन्स अन्तर्राष्ट्रिय  डिष्ट्रिक्ट ३२५ आई का लायन वर्ष २०२४–२५ का क्याबिनेट सेक्रेटरी लायन अमृत प्रसाद तिवारीले कार्यक्रम सफल बनाउन समर्पित सबैप्रति आभार व्यक्त गर्दै सामाजिक सेवाको निरन्तरताको आवश्यकता औंल्याए। 
उनले भने, “सामाजिक चेतनासहित समाजका अगुवाहरूले निष्पक्ष र निस्वार्थ रूपमा काम गरेमा गरिबी निवारण र सामाजिक रूपान्तरणमा ठूलो योगदान पुग्न सक्छ। यस्ता परोपकारी पहलहरूले समुदायमा आशा, आत्मबल र समुन्नतिको वातावरण निर्माण गर्छन्।”
 
1000218321.jpg
 
क्लबका पूर्व अध्यक्ष बिपिन सुवेदीले सेवा कार्यमा जुट्ने सबैप्रति आभार व्यक्त गर्दै मनका धनी सहकर्मीहरूको सहकार्यले विपन्न परिवारको जीवनमा आशाको घाम झुल्काएको उल्लेख गरे। उनले भने, “यस्ता कर्महरूले जीवनलाई मात्र होइन, मृत्युपछिको स्मृतिलाई पनि उज्यालो बनाउँछ; यिनले जीवन सार्थक बनाउँछ।”
 
कार्यक्रममा स्थानीय समाजसेवी तथा सहजकर्ता अर्जुन मल्ल लगायत अन्य व्यक्तित्वहरूको सहकार्य उल्लेखनीय रह्यो। सहजकर्ताको भूमिकामा रहेका समाजसेवी अर्जुन मल्लले गुडवील क्लबको सेवा कार्यले विपन्न वर्गको आँसु पुछ्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।
 
क्लबका प्रथम उपाध्यक्ष कपिल गैरेले उपस्थित सबैलाई स्वागत गरे भने संयोजक लायन लोकराज शर्माले जिर्णोद्धार कार्यमा साथ दिने सबै सहयोगीप्रति धन्यवाद ज्ञापन गरे।
 
अध्यक्ष लायन राजेन्द्र शर्माले यो कार्यक्रम केवल एउटा घरको पुनर्निर्माण हाे, तर त्यस विपन्न परिवारका लागि नयाँ जीवनको सुरुवात र समाजका लागि प्रेरणादायी उदाहरण हो। लायन्स क्लब अफ पोखरा गुडवीलले आगामी दिनमा यस्ता सामुदायिक, दीर्घकालीन तथा प्रभावकारी सेवा परियोजनाहरूलाई अझ व्यापकता दिने प्रतिबद्धता व्यक्त गरे।
 
1000218324.jpg
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार