Logout

लायन्स वर्ष २०२४/०२५ को डिष्ट्रिक्ट अवार्ड समारोह भव्य रूपमा सम्पन्न "लायन्स अफ दि एयर" बाट क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारी सम्मानित

18.9k Shares

काठमाडौं, श्रावण १८  लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२४/०२५ को वार्षिक अवार्ड वितरण समारोह शुक्रवार काठमाडौंको होटल पौवामा भव्य रूपमा सम्पन्न भयो।DSC_4607 (1).jpg

समारोहका प्रमुख अतिथि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ थिए। उनले डिष्ट्रिक्टलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्‍याउने लायन लिडरहरू, क्लब तथा पदाधिकारीहरूलाई सम्मान गर्दै, लायन्स संस्था समाजसेवामा समर्पित अन्तर्राष्ट्रिय अभियान भएको उल्लेख गरे। सेवा कार्यले सबै नेपालीमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्दै आफैं पनि जीवनभर देश र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए।DSC_4613.jpg

समारोहको उद्घाटन डिष्ट्रिक्ट फर्स्ट लेडी बद्रीका ढुंगानालाई लायन्स अन्तर्राष्ट्रिय प्रेसिडेन्टबाट प्राप्त “प्रेसिडेन्सियल मेडल” लगाइ गरिएको थियो।

विशिष्ट अतिथि एलसीआईएफ एरिया लिडर लायन राजन लम्सालले लायन्स जहिल्यै संकट र आवश्यकता परेको बेला अग्रपंक्तिमा उभिने संस्था भएको उल्लेख गरेका थिए। उनले नेपाल सरकारलाई दादुरा–रुबेला खोप हस्तान्तरण गर्दा प्रमुख अतिथि सहित गरिएको सामूहिक प्रयासको स्मरण गर्दै, लायन्स हुनु गर्वको विषय भएको बताए। साथै, सेवामा सधैं समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।DSC_5168.jpg

डिष्ट्रिक्ट गभर्नर लायन बिनोद ढुंगानाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लायन वर्ष २०२४/०२५ लाई सफल बनाउन योगदान दिने व्यक्तिहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

प्रमुख विशेष अवार्ड प्राप्तकर्ताहरू

लायन्स अफ दि एयर: क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारी
ह्युमानिटी फस्ट अफ दि एयर: डिष्ट्रिक्ट को–अर्डिनेटर रामहरि सिलवाल
मेक योर मार्क अफ दि एयर: सेक्रेटरियट एड्मिनिस्ट्रेटर हरिराज पन्त
क्लब एक्सटेन्सन च्याम्पियन अफ दि एयर: डिष्ट्रिक्ट को–अर्डिनेटर अनुज कुमार श्रेष्ठ
डेडिकेटेड क्याबिनेट अफिसर अफ दि एयर: को–चिफ एड्भाइजर शान्ता देवी थापा भण्डारी
बेस्ट क्लस्टर चिफ अफ दि एयर: अनिता थापा बिष्ट
बेस्ट रिजन चेयरपर्सन अफ दि एयर: मेघा तिमिल्सिना
बेस्ट जोन चेयरपर्सन अफ दि एयर: राजेन्द्र प्रसाद पौडेल
बेस्ट क्लब प्रेसिडेन्ट अफ दि एयर: जानुका आचार्य
(लायन्स क्लब अफ काठमाडौं लघिङ बुद्ध)
सर्भिस क्लब अफ दि एयर: रामकुमार श्रेष्ठ
(लायन्स क्लब अफ काठमाडौं तारकेश्वर)
मेम्बरशिप च्याम्पियन अफ दि एयर: राम्जी प्रसाद बराल
(लायन्स क्लब अफ सामाखुशी)
भर्सटायल क्लब प्रेसिडेन्ट अफ दि एयर: राधादेवी ढकाल
(लायन्स क्लब अफ काठमाडौं सेवा अभियान)
मेक योर मार्क क्लब प्रेसिडेन्ट अफ दि एयर: राजेन्द्र श्रेष्ठ
(लायन्स क्लब अफ काठमाडौं तारकेश्वर धर्मस्थली)
ह्युमानिटी फस्ट क्लब प्रेसिडेन्ट अफ दि एयर: पवित्रा बोगटी केसी
(लायन्स क्लब अफ म्याग्दी दोभान)
मिशन वान प्वाइन्ट फाइभ क्लब प्रेसिडेन्ट अफ दि एयर: पार्वती पौडेल भट्ट
(लायन्स क्लब अफ काठमाडौं अष्टपुञ्ज)
ईमर्जिङ क्लब अफ दि एयर (गण्डकी): ईश्वर बहादुर केसी
(लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नी)
ईमर्जिङ क्लब अफ दि एयर (बाग्मती): गोपाल काफ्ले
(लायन्स क्लब अफ काठमाडौं बुद्ध युनिभर्सल)DSC_4801.jpg

समारोहमा एलसीआईएफ एरिया लिडर एवं आइडी ईन्डोर्सी लायन राजन लम्साल, आगामी गभर्नर पार्वती खरेल पाण्डे, पूर्व गभर्नरहरू रामबहादुर बसेल र इन्दु लम्साल, प्रमुख सल्लाहकार शैलेन्द्र मोहन भट्टराई लगायत वरिष्ठ लायन नेताहरूको उपस्थिति थियो।

उनीहरूले गभर्नर लायन बिनोद ढुंगानाको कार्यकाललाई “सर्वोत्कृष्ट र ऐतिहासिक उपलब्धि” भएको भन्दै प्रशंसा व्यक्त गरे।DSC_4771.jpg

धन्यवाद ज्ञापन डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले गरेकी थिइन् भने, समारोहको समन्वय तथा सहजीकरण क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले गरेका थिए।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार