Logout

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर खुल्यो, कम्पनी नोक्सानमा

2.9k Shares

३ भदौ, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले आज मंगलबारदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर खुलाएको हो । असार २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालबाट कम्पनीले बी रेटिङ पाएको छ

हकप्रद सेयर खुलाएको यो कम्पनी भने नोक्सानीमा छ । गत आर्थिक वर्ष कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ जम्मा ७३ रुपैयाँ छ । बाढीका कारण आयोजनामा क्षति भएकाले बन्द अवस्थामा रहेको कम्पनीले स्पष्ट पारेको छ । ४.३६ मेगावाट क्षमताको टुंगुन ठोस्ने र २ मेगावाटको खानीखोला आयोजना कम्पनीले सञ्चालन गर्दै आएकोमा दुवै आयोजना क्षतिका कारण बन्द अवस्थामा छन् ।

क्षति भएका संरचनाको मर्मत कार्य अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २६८ रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार