क्यान महासंघ कास्की शाखाको १८औं वार्षिक साधारण सभा शनिबार ग्यालेक्सी बैङ्क्वेटको हलमा सम्पन्न भएको छ। कार्यक्रम संस्थाका अध्यक्ष पुरुषोत्तम कुवंरको अध्यक्षतामा तथा GTEVTA गण्डकीका कार्यकारी निर्देशक डा. सोमनाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य चिन्तामणी बास्तोला, केन्द्रीय प्रतिनिधि एसमिन भट्टराई, क्यान गण्डकी प्रदेश अध्यक्ष गुणा निधि पाण्डे, पूर्व अध्यक्षहरू ईविन्द्रराज तिवारी र युवराज पौडेल, आइसीटी सहकारीका अध्यक्ष सवि शेरचन, पोखरा उद्योग वाणिज्य सङ्घका उपमहासचिव सुदिप प्रधानङ्ग, केन्द्रीय सदस्य खड्क बहादुर गुरुङ, निवर्तमान अध्यक्ष दुधमान गुरुङलगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
डिजिटल माध्यमबाट उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि डा. शर्माले GTEVTA गण्डकीले प्रविधि क्षेत्रमा गरिरहेको कार्य, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले २१औं शताब्दीमा ‘कति पढे’ भन्दा ‘के पढे र कति जाने’ भन्ने कुराले महत्व पाउने भएकाले प्रविधि शिक्षाको गुणात्मक विकास अपरिहार्य रहेको बताउनुभयो।
सभामा सचिव, कोषाध्यक्ष तथा लेखा समितिको प्रतिवेदन छलफलसहित पारित गरिएको थियो। त्यसैगरी अध्यक्षद्वारा प्रस्तुत भावी कार्यक्रमसमेत अनुमोदन गरिएको छ। कार्यक्रममा पूर्व अध्यक्ष ईविन्द्रराज तिवारी तथा केन्द्रीय प्रतिनिधि एसमिन भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन शाखाका सचिव दामोदर डुम्रेले गर्नुभएको थियो।