Logout

यूके सिटी–वाइज एजुकेशनल रोड शो नेपालमा भव्य रूपमा सम्पन्न, हजारौँ विद्यार्थीले पाए भर्ना र भिसा मार्गदर्शन

5k Shares
यूकेमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूलाई लक्षित UK City-Wise Educational Road Show and Admission Day नेपालका प्रमुख शहरहरूमा अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। ‘द अफिसियल रिप्रिजेन्टेटिभ’द्वारा आयोजना गरिएको यस भव्य शैक्षिक अभियानले यूके शिक्षा, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर, तथा भिसा मार्गदर्शनबारे प्रत्यक्षरूपमा जानकारी प्रदान गर्दै देशभरका हजारौँ विद्यार्थीलाई आकर्षित गर्‍यो।IMG-20251127-WA0003.jpg
 
यो कार्यक्रम १६ देखि २५ नोभेम्बरसम्म पोखरा, काठमाडौं, चितवन, बुटवल, भैरहवा, दमौली, हेटौंडालगायतका प्रमुख सहरहरूमा अवस्थित प्रख्यात शैक्षिक परामर्शदाताहरूका कार्यालयहरूमा सम्पन्न भयो। आफ्ना कन्सल्टेन्टमार्फत आवेदन गरेका हजारौँ उत्साही विद्यार्थीहरूले सहभागिता जनाउँदै यूकेका प्रमाणित विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष काउन्सिलिङ गर्ने अवसर पाएका थिए। यसले विद्यार्थीहरूलाई बेलायतमा अध्ययनका सम्भावना र आवश्यक पूर्वतयारीबारे अझ स्पष्ट मार्गदर्शन प्रदान गर्‍यो।IMG-20251127-WA0012.jpg
 
कार्यक्रममा University of East London (UEL) ले यस वर्ष पनि उल्लेखनीय ध्यान खिच्यो। UEL का देश प्रतिनिधि असीम घिमिरेले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध कार्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रियाका आवश्यकताहरू तथा जीवनयापन खर्च व्यवस्थापनबारे उपयोगी जानकारी प्रस्तुत गरे।IMG-20251127-WA0010.jpg
 
‘द अफिसियल रिप्रिजेन्टेटिभ (यूके)’का Partner Relationship Manager नारायण पौडेलले यूके अध्ययन अघि तयारी, क्यारियर विकास, विद्यार्थी जीवन तथा प्रेरणादायी विषयहरूमा जानकारीमूलक सत्र सञ्चालन गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार