Logout

एमाले महाधिवेशनमा विद्युतीय मतदान हुने

2.3k Shares

२३ मंसिर, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ ।

एमालेले १०औं महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिइन् ।

‘यस पटक पनि हामी विद्युतीय माध्यमबाट नै मतदान गर्ने भनेका छौं । समय व्यवस्थापन र प्रविधिको उपयोगमा पनि एमाले अब्बल नै छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘१०औं महाधिवेशनमा पनि हामीले विद्युतीय मतदान गराएका थियौं ।’

नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ ।वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो ।

उनी थप्छिन्, ‘नोमिनेसन परेका आधारमा त्यहाँ इन्ट्री गरेर निर्वाचनको कामलाई अगाडि बढाउने कुरा हुन्छ।’

अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको थियो । यस सन्दर्भमा भने यस पटक के गर्ने भन्ने तय भएको छैन ।

‘त्यो कुरा निर्वाचन समितिले पार्टी नेतृत्वसँग गरेको छलफलको र समन्वयको आधारमा निर्णय हुन्छ,’ बराल भन्छिन्, ‘यसमा पूर्ण अधिकार निर्वाचन आयोगसँगै हुन्छ ।’

कसैले शंका गर्दा पुन: निश्चित गरौं भन्न मात्रै विगतमा विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको उनले जानकारी दिइन् ।

उनी थप्छिन्, ‘विद्युतीय माध्यमबाट गरिएको मतदान पारदर्शी नै हुन्छ । यससम्बन्धी निर्णय तत्कालीन आवश्यकताको आधारमा हुन्छ । अहिले त्यस्तो केही निर्णय गरिएको छैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार