Logout

पोखरामा गण्डकी प्रदेशस्तरीय क्योकुशिन (कान) कराते ब्ल्याक बेल्ट प्रमोशन टेस्ट सम्पन्न

16.6k Shares

पोखरा–कास्की जिल्ला क्योकुशिन कराते संघको आयोजनामा नेपाल क्योकुशिन (कान) कराते संघको गण्डकी प्रदेशस्तरीय ब्ल्याक बेल्ट प्रमोशन टेस्ट सम्पन्न भएको छ। उक्त टेस्टमा २१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।1111.jpeg

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थीहरूले पोखरा रंगशालास्थित डोजोमा प्रशिक्षणसहितको टेस्ट दिएका हुन्। प्रशिक्षकहरूले करातेको पहिलो बिन्दु अर्थात् ब्ल्याक बेल्टमा प्रवेश गर्नु खेल जीवनको महत्वपूर्ण चरण भएको बताएका थिए। टेस्टमा कास्की, सल्यान, बागलुङ, पर्वत, म्याग्दी लगायतका विभिन्न डोजोका खेलाडीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका–२६ का वडा अध्यक्ष श्री नरेन थापाले पोखरा महानगर क्षेत्रमा खेलकुद तथा करातेको विकासका लागि सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपाल क्योकुशिन (कान) कराते संघ नेपालका ब्रान्च चिफ, फुल कन्ट्याक्ट कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी श्री लक्ष्मण कुँवर को विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल क्योकुशिन (कान) कराते संघका प्रमुख प्रशिक्षक श्री दीपकबहादुर गोदार, साथै प्रशिक्षकहरू भीमप्रसाद काफ्ले, धनबहादुर तामाङ को उपस्थिति रहेको थियो।333.jpeg

प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा ब्राउन बेल्टका खेलाडीहरूले एक–आपसमा प्रतिस्पर्धा गर्दै ब्ल्याक बेल्ट प्रमोशन टेस्ट दिएका थिए। कार्यक्रमको सुरुआतमा प्रशिक्षक सुवास खडकाले क्योकुशिन (कान) करातेको मन्त्रोच्चारण गराउँदै टेस्टको औपचारिक सुरुआत गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल क्योकुशिन (कान) कराते संघ नेपालका ब्रान्च चिफ श्री लक्ष्मण कुँवर तथा प्रमुख प्रशिक्षक श्री दीपकबहादुर गोदार ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा अहिलेबाटै अनुशासित र नियमित प्रशिक्षणमा जुट्नुपर्नेमा जोड दिएका थिए। अघिल्ला दुई संस्करणमा क्योकुशिन (कान) कराते टोली च्याम्पियन बनेको उल्लेख गर्दै दशौँ संस्करणमा पनि उक्त उपलब्धिलाई निरन्तरता दिन खेलाडीहरू प्रतिबद्ध हुनुपर्ने बताएका थिए।111.jpeg

कार्यक्रममा विशेष अतिथि एवं खेलप्रेमीहरू श्री नारायण पौडेल, श्री कमल खड्का र श्री राज भण्डारी ज्यू को पनि उपस्थिति रहेको थियो। उनीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो। साथै कार्यक्रममा सहयोग पुर्‍याउने अन्य सहयोगी व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार