Logout

मुलधारे दलहरुको लज्जास्पद हार : सामुहिक नालायकिपनाको नतिजा

6.9k Shares

निर्मल घिमिरे - क्यानाडा

भर्खरै मुलुकमा आसन्न निर्वाचनको नतिजा पुर्ण रुपमा आइसकेको छैन यध्यपि नतिजाले रास्वपालाइ १२५ हाराहारिमा जित निकालेको छ भने समानुपातिकमा उसले लगभग ५० प्रतिसत मत बटुलिरहेको छ। यध्यपि त्यो पुर्ण गणना भै नसकिएको अबस्थामा पुराना स्थापित दल हरुको लज्जास्पद पराजयको तथ्याङ्क देखिइ सकेको छ। निर्वाचन जित-हारमा सबै स्थानमा एकै मात्र फ्याक्टरले काम गरेको हुन्न। त्यसमा बहु आयामिक कारणहरु जोडिएका पक्कै हुन्छन। तर सारमा मुलभुत बिषयलाइ मनन गर्ने हो भने मुलधारे दल हरुको यो लज्जास्पद पराजयमा उनिहरु कै ब्यबहार र शैलिले मुख्य भुमिका खेलेको देखिन्छ। पहिला पहिलाका शशक्त काङ्रेस, एमाले र नेकपा दलहरु किन यसरि डिफेन्सिफ अवस्थामा पुगे भनेर बिष्लेषण गर्दा धेरै कारणहरु मध्य केहि मुख्य फ्याक्टरलाइ यसरी विश्लेषण गर्न सकिन्छ:
 
-डेलिभरीमा असफलता:
जनताले पटक-पटक पुराना दलहरूलाई सत्तामा पुर्‍याए, तर आम नागरिकको दैनिक जीवनमा परिवर्तन आएन। शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतामा सुधार हुनुको साटो भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो। जब जनताले आफ्नो भोटको प्रतिफल पाएनन्, उनीहरूले विकल्प खोज्न थाले।
 
-आन्तरिक लोकतन्त्रको अभाव र सिन्डिकेट:
पुराना दलहरूमा नेतृत्व हस्तान्तरण नहुनु र एउटै अनुहार दशकौं सम्म सत्ता र शक्तिमा रहिरहनु ठूलो समस्या बन्यो। नयाँ पुस्ता र नयाँ विचारलाई ठाउँ नदिँदा दलहरू 'सिन्डिकेट' जस्तो देखिए, जसले गर्दा युवा मतदाताहरू उनीहरूबाट टाढिए।
 
-मुद्दा भन्दा सत्ताको राजनीति:
गठबन्धनका नाममा सिद्धान्तहीन राजनीति हुनु र सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले जनतामा वितृष्णा पैदा गर्यो। "जुन जोगी आए पनि कानै चिरेका" भन्ने भाष्य स्थापित हुँदा पुराना दलहरूप्रतिको भरोसा टुट्यो।
 
-झुटलाइ सहि नै हो भनेर वकालत गर्नु:
अत्यन्तै लामा-लामा भाषण, घोषणापत्र बनाएर जनता हरुलाइ अल्मलाउने काम गरे। सक्ने-नसक्ने सबै किसिमका आस्वासन बाडे। अरुलाइ फिल नै नहुने कुरा लाइ पनि भैसकेको र त्यसले नतिजा दिइ नै रहेको जस्ता झुट फैलाउन लागिपरे। तर त्यो त होइन है भनेर कसैले भन्यो भने त्यो असत्यलाइ प्रमाणित गर्न पट्टि मात्र लागिरहनु। 
 
-नयाँ शक्तिहरूको उदय
सामाजिक सञ्जालको बढ्दो प्रभाव र सूचनाको पहुँचका कारण जनताले पुराना नेताहरूको "बोल्ने कला" र "झुटो आश्वासन" सजिलै चिन्न थाले। जब पुराना दलका शीर्ष नेताहरू एक-अर्कालाई गाली गर्न र सत्ताको लुछाचुडीमा व्यस्त भए, जनताले त्यसको विकल्पमा नया र सम्बन्धित बिधाका बिज्ञ हरुलाइ बढि उठाएको कारण जनताहरुले रास्वपा उम्मेदवारहरू प्रति आकर्षण बढ्यो र विकल्प रोजे। जसमा रास्वपा सभापतिलाइ दिएको दुख अनि झण्झटलाइ पनि जनता हरुले मनन गरिरहेका थिए। अन्तिम समयमा आएर बालेन मिसिए, तर मतदाताको साइकोलोजि स्व:स्फुर्त परिवर्तन भयो र सबै पुराना दलमा आस्था राख्दै गरेका हरुले पनि र रास्वपा प्रति सहानुभुति बढ्दै गएको देखिन्छ। र आरिघोप्टे मत एकै ठाउमा खन्याइदिए। 
 
-कामभन्दा बढी जनतामा भ्रम छर्ने प्रवृत्ति: 
फुइँ लगाउनु, आफ्नो क्षमताभन्दा बढी कुरा गरेर धाक लगाउनु, झुटको सहारा, जनतालाई ठूला सपना (जस्तै: घरघरमा ग्याँस पाइप, पानीजहाज) देखाउनु तर ती पूरा नहुनु। राजनीतिमा जनताले भाषणभन्दा पनि ठोस काम र डेलिभरीलाई बढी महत्त्व दिन्छन् भन्ने हेक्का नहुनु, ठोस काम भन्दा पनि झुटो आश्वासन र विकासको फोस्रो फुइँ लगाएका कारण पराजय भोग्नुपर्यो । गगन थापा बोल्ने तर नगर्ने शैली सदनमा र भाषणमा जति प्रभावकारी सुनिन्छन्, पार्टी भित्रको सिन्डिकेट तोड्न र ठोस परिवर्तन ल्याउन उत्ति नै संघर्ष गरिरहेका देखिन्छन्। महामन्त्री, अल्पकालीन पार्टीको सभापतिका रूपमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई रोक्न नसक्नु र केवल सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुलाई धेरैले उनको 'कमजोरी' वा आफ्नो उचाइको घमण्ड मात्र मान्छन्। यी शैलीले गर्दा कार्यकर्तामा निराशा, नेताहरूको व्यक्तिगत टकराव र गुटबन्दीले गर्दा इमानदार कार्यकर्ताहरू किनारा लाग्दै गए।
 
-नागरिकलाई अराजकतावादीको ट्याग:
जब नागरिकहरू सडकमा उत्रिन्छन् वा सामाजिक सञ्जालमा कडा आलोचना गर्छन्, ओलीले त्यसलाई लोकतान्त्रिक हक भन्दा पनि 'प्रणाली माथिको हमला' वा 'अराजकता' को संज्ञा दिने गर्नु। यसले जनताको वास्तविक पीडा र आक्रोशलाई नजर अन्दाज गर्न मद्दत पुर्‍यायो।
 
-जेन-जी युवाहरूलाई 'विदेशी शक्ति' को ट्याग:
अधिकारको माग गर्न आएका र खुरापातिको बिरोधमा आवाज उठाउन आएका युवापुस्ता हरुलाइ गोलि बर्साउने र बर्साउन नरोक्ने नेत्रित्वदायि भुमिका खेलेका कारण देश सहि दिशामा अघि बढि रहेको छैन है भनेर विरोध प्रदर्शन वा घच्घच्याउन गएका युवापुस्ता हरुलाइ त्यसलाई विरोधीले उक्साएका वा बाहिरी शक्तिले चलाएका भनेर चित्रण गर्ने। भदौ २४ पछि मात्र २३ आएको जस्तो कुतर्क पेस गरेको, यसले गर्दा जनता आफैं सचेत भएर विद्रोह गरेका हुन् भन्ने कुरालाई उनले कहिल्यै स्विकारेनन्।
 
१.png
-म नै राज्य हु भन्ने प्रब्रिति
केपी, प्रचण्ड र गगन थापा दुवै आ-आफ्नो दलका प्रभावशाली र 'वाककला' मा निपुण नेता हुन्, तर उनीहरूको कार्यशैलीले दललाई कहिले काहीँ अति-आत्मविश्वासमा परिणत भएको देखिन्छ।
संसद् विघटन दुई-तिहाइ नजिकको बहुमत हुँदाहुँदै पनि आन्तरिक कलह व्यवस्थापन गर्न नसक्नु र दुई पटक संसद् विघटन गर्नु लाई धेरैले उनको व्यक्तिगत जिद्दी वा घमण्डका रूपमा लिए। यसले एमाले जस्तो बलियो पार्टी विभाजन मात्र भएन, सर्वोच्च अदालतको परमादेश मार्फत सत्ताबाट बाहिरिनुपर्ने स्थिति आयो। विपक्षीलाई होच्याउने र आफ्ना कमजोरीलाई उखानटुक्काले ढाकछोप गर्ने प्रवृत्तिले नयाँ पुस्ताका मतदातामा नकारात्मक छाप पार्‍यो। 
 
-पहिलो र दोस्रो दल मिलेर सत्ता बाडफाडमा रमाउनु:
सदनको पहिलो र दोस्रो दल मिलेर एक आपसमा सत्ता बाडफाड गरि सत्ताको चास्निमा मात्र डुबुल्कि मार्नु, सम्बैधानिक अङ्ग हरु लाइ आफ्नो खल्तिको मान्छे हरु नियुक्ति सुनु र मनोमानि यसरि गरे कि जुन कुरा अन्य जन प्रतिनिधि हरु ले आवाज उठाए पनि सो को नजर अन्दाज गरिनुले पनि पुराना दल हरु प्रति मानिस हरुको बितिस्णा बढ्दै गयो । 
 
- नैतिकताको खडेरी: 
ओली र गगन मात्र होइन, समग्र राजनीतिक नेतृत्वमा 'जनताले हामीलाई जहिले पनि भोट हाल्छन्' भन्ने भन्ने सोच्नु नै सामूहिक नालायकीपनको पराकाष्ठा हो। यही भ्रम, दम्भले गर्दा नै पुराना दलहरू आज रक्षात्मक अवस्थामा पुगेका हुन्।
 
- 'बा' संस्कृति र दम्भ:
एमाले भित्र हुर्केको कमरेडलि भावना हराउदै 'बा' संस्कृति (नेतालाइ देवादिदेव मान्ने हजुरि प्रब्रिति) ले गर्दा उनलाई लाग्छ कि उनले जे भन्यो त्यही अन्तिम सत्य हो। त्यसैले, युवा पुस्ता वा नयाँ शक्तिहरूले गर्ने 'डिजिटल बिद्रोह' वा चुनावी परिणामलाई उनले गम्भीरता पूर्वक लिनुको साटो उल्टै गाली गर्ने वा होच्याउने शैली अपनाए।
जनभावनाको उपेक्षा जनताले के चाहिरहेका छन् भन्ने बुझ्नुभन्दा पनि आफ्नै स्वार्थ र गुटबन्दीमा अल्झिनु। सुधारको प्रयास नगर्नु, हार बेहोर्दा पनि गम्भीर आत्मसमीक्षा नगर्नु र पुरानै शैली दोहोर्‍याउनु। टिकट बितरणमा अबैज्ञानिक हुकुमि प्रमाङ्गि शैलि अपनाउनु, कोट को खल्ति बाट उम्मेद्वार छानिनु, फरक मत राख्ने हरु लाइ सधै किनारा लगाइरहनु जस्ता कुरामा पार्टि प्रमुख सङ्ग स्पस्ट असमति राख्न नसक्नु जस्ता कारणले सम्पुर्ण टिम नै दोषि ठहरिने हुन्छ। अर्थात यो सर्मनाक हारमा सबै नै दामासायिले कमजोरिको हिस्सेदार रहने हुदा यो सामुहिक नालायकिपना हो। 
 
निस्कर्ष:
चुनावको नतिजा वास्तवमै पुराना दलहरूका लागि एउटा 'वेक-अप कल' (चेतावनी) हो। यदि उनीहरूले समयमै आफूलाई सुधारेनन् र नैतिक जिम्मेवारी लिएनन् भने, आगामी दिनहरू अझै चुनौतीपूर्ण हुन सक्छन्। दलहरुले आफुले ल्याएको नतिजालाइ मात्रै भुराजनिति जोडेर अझै पनि आफ्नो घमण्डि स्वभावलाइ बाकि राखिरहन्छन भने त्यो उनिहरुको लागि आगामि जिवन प्रत्युपादक बाहेक अरु सिद्द हुन सक्दैन। आफ्नै गाउ ठाउमा रहेका जनताहरुले तिमिले बढि झुट बोल्यौ, अब तिमिलाइ हामि बिस्वास गर्दैनौ भने अनुमोदन नगरेकै अवस्थाको हकिकतलाइ नजरअन्दाज गर्यौ भने आगामि दिनमा जसरि डाइनोसरको अस्तित्व सन्सारबाट बिस्थापित भए झै यि मुलधारे कहलिएका दलको अवस्था मधेशवादि, जनमोर्चा, नेमकिपाको साइजमा पुग्नै बेर छैन। तसर्थ यो नतिजा आउनुमस हामि सबैको सामुहिक नालायकिपनाले भएको हो भन्ने ह्रिदयङ्गम गरि नैतिकताको आधारमा राजिनामा दिइ सबल युवा पुस्ता लाइ पार्टिको नेत्रित्वदायि भुमिका सुम्पिएर आफु सल्लाहाकारको रुपमा बस्यौ भने मात्र पार्टिको हित होला अन्यथा राम-राम बाहेक भन्न सक्ने ठाउ देखिन्न। बेलैमा चेतना भया।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार