Logout

नवलपुर जिल्ला समाज यूकेमा नयाँ नेतृत्व चयन, सन्तोष रेग्मी अध्यक्ष निर्वाचित

2.1k Shares

लन्डनमा बसोबास गर्ने नवलपुर जिल्लाका नेपालीहरुको साझा संस्था “नवलपुर जिल्ला समाज यूके” ले नयाँ नेतृत्व चयन गरेको छ।

आइतबार वेलिङस्थित सेन्ट माइकल कम्युनिटी सेन्टरमा सम्पन्न चौथो अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष रेग्मी चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा प्रकाश कंडेल र युवराज राना चयन हुनुभएको छ भने महिला उपाध्यक्षको जिम्मेवारी किताबी सारु मगरले पाउनुभएको छ । महासचिवमा बिकेन रानामगर, सचिवमा ओम महतो र कोषाध्यक्षमा खुमराज पाठक चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा लोकेन्द्र रानामगर, मोति आले, जुना गुरुङ, सागर पाइजा, राजेन्द्र गिरी, ओमकला बस्याल, सुनिता ढकाल, कृष्णराज सापकोटा, धनराज थापामगर, लक्ष्मण अर्याल र गंगा सापकोटा रहनुभएको छ ।

होम शर्माको संयोजकत्वमा टिकारमा सापकोटा र संस्थापक अध्यक्ष इन्द्रजीत सारुमगर सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रकृया सम्पन्न गरि नयाँ कार्यसमिति चयन गरेको हो ।  

अधिवेशन निवर्तमान अध्यक्ष मीना सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनमाथि पनि छलफल गरिएको थियो।

कार्यक्रम सम्पन्न भएपछि सोही स्थानमा नेपाली नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममा नेपालबाट आएकी गायिका रुपी सिञ्जाली मगरले आफ्नो प्रस्तुति दिँदै सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार