Logout

इटहरीमा 'भेल्तारा कंन्सल्टेंट्स' सञ्चालनमा: विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि विश्वव्यापी मार्गदर्शन

8.5k Shares

सुनसरीको इटहरीमा शिक्षा परामर्श सेवामा नयाँ आयाम थप्दै 'भेल्तारा कंन्सल्टेंट्स' सञ्चालनमा आएको छ। इटहरीको वडा नं ६, सेन्टर प्लाजाको दोस्रो तल्लामा अवस्थित यो कंन्सल्टेंट्सले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नका लागि प्रभावकारी सहजीकरण गर्ने उद्देश्य राखेको छ।

दक्ष र अनुभवी संचालक, कर्मचारीहरू तथा परामर्शदाताको टोलीद्वारा सञ्चालनमा ल्याइएको यस कंन्सल्टेंट्सले अमेरिका, बेलायत, डेनमार्क, क्यानडा लगायतका आकर्षक गन्तव्यमा अध्ययनका अवसर खोजिरहेका विद्यार्थीहरूलाई सहयोग गर्नेछ।

भेल्तारा कंन्सल्टेंट्सले परामर्शका साथै भिसा आवेदन प्रक्रिया, शैक्षिक संस्थाको छनोट, छात्रवृत्ति कार्यक्रम र अन्य आवश्यक तयारीका लागि विशेष सहायता प्रदान गर्ने बताइएको छ। विद्यार्थीहरूले आफ्नो सपना साकार पार्न आवश्यक जानकारी र परामर्श यहीँबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

विद्यार्थीहरूको भविष्यलाई सुदृढ बनाउन प्रतिबद्ध यो कंन्सल्टेंट्सले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय रूपमा पनि आफ्नो छाप छोड्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार